लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्याे फागुन २६ गते साधारण सभा

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ फागुन । लाभांश वितरणकाे प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा फागुन २६ गते शनिबार बाेलाइएकाे छ ।

संस्थाले १५औं साधारण सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा पूर्वान्ह ११ः३० बजे डाकेकाे छ ।

साधारण सभाबाट संस्थाले दिने ७ प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगदसहित ७.३६८ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । 

सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पेश गरिने भएकाे छ । यस्तै सभाले चुक्ता पुँजी वृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गरिने भएकाे छ । 

सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरुमाथि छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने प्रस्ताव रहेकाे छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरेकाे थियाे । तसर्थ फागुन १२ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरु साधारण सभामा भाग लिन र लाभा‌श पाउनका लागि याेग्य मानिनेछन् ।