
काठमाडौं, २४ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ बजारलाई गति दिनका लागि नीतिगत व्यवस्थाहरुलाई बलियाे बनाउने बताएका छन् ।
पदमा बहालि भएपछि उनले लगातार ओरालाे लाग्दै आएकाे सेयर बजारको उथ्थानका लागि काम गर्ने तथा लगानीकर्ताहरुको मनाेबल बढाउन काम गर्ने बताएका हुन ।
अर्थमन्त्री पुनले भने, लगानीकर्ताको मनोबल बढाउने काम नगरिहुँदैन यसअघिकाे जस्तो हाेइनकि परिवर्तशिन र नतिजामुखि हुनेगरी काम गर्न चाहेकाे बताए।
अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए। “अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ ।
नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने, आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए। अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए।
अर्थमन्त्री पुनले कार्यभार सम्हाल्नु भएलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरे ।
त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् । विसं २०६४ मा संविधानसभा सदस्य बन्नुभएका पुन २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बनेका थिए । विसं २०६८ मा अर्थमन्त्री बनेपनि उनले वार्षिक बजेट ल्याउन पाएनन्। उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बने।
विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बनेका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उपमहासचिव हुन्। रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनी कानुन सङ्कायमा स्नातक हुन्। विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा जन्मेका हुन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




