कालिका लघुवित्तकाे १४औं वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ फागुन । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सभा सम्पन्न भएकाे छ। संस्थाकाे १४औं वार्षिक साधारण सभा आज पोखरामा सम्पन्न भएकाे हाे ।

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायत वित्तीय विवरणमाथि छलफल गरि पारित गरेकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका विषयहरूमा छलफल गरी पारित गरेकाे संस्थाले जनाएकाे छ ।

सभाबाट संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकमा रमा कुमारी शर्मा बाकी अवधिका लागि निर्बिराेध चयन भएकी छन ।

साधारण सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग गाभ्ने गाभिने भएमा साे काे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिएकाे छ ।