सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँड गरिदै

-



     सफल आवाज    
     फागुन २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ फागुन । सर्वोत्तम सिमेन्टको सेयर (आइपीओ) आज शुक्रबार बाँडफाँड गरिदैछ । साे सेयर बिहान १० बजे नक्साल, काठमाडौंमा बाँडफाँड गर्न लागिएकाे बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमईले जनाएकाे छ । 

सेयरमा मागभन्दा १९‍.३२ गुणा बढी आवेदन परेकोले धेरैकाे हात खालि हुनेछ । सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने भएकाे हाे ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर बिक्री गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे हाे । 

सेयरमा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका भएपनि  ५५ हजार ५२१ जनाले मात्र सेयर पाउनेछन् । बाँकी साढे ९ लाखको हात खाली हुने भएकाे छ ।

कम्पनीले पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर खुलाएकाे हाे । बुक बिल्डिङबाट ताेकिएकाे प्रतिकित्ता रुपैयाँ ३६०.९० मा सेयर खुलाइएकाे हाे।