सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, २६ जनाले हात पारे थप एक कित्ता

-



     सफल आवाज    
     फागुन २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। सेयर बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो।

कम्पनीका अनुसार ५५ हजार ५२१ जना लगानीकर्ताले ५० कित्ताका दरले सेयर हात पारेका छन्।

सेयर बाँडफाँड गर्दा बाँकी रहेकाे २६ कित्ताहरू ५० कित्ता बढी आवेदन पेश गरेका लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको छ। २६ जना लगानीकर्ताले थप एक कित्तासहित ५१ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाएकाे थियो।

कम्पनीकाे सेयरमा ९ लाख ६० हजार ३०१ आवेदकले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए । उनीहरूमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको थियाे । १ हजार ३४२ आवेदन रद्द गरिएकाे जनाइएको छ।

आईपीओमा मागभन्दा बढी आवेदन परेपछि गाेलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो।