नेपाल राष्ट्र बैंक मार्फत ८ अर्बको विकास ऋणपत्र जारी हुँदै

-



     सफल आवाज    
     फागुन २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ फागुन । नेपाल सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउन विकास ऋणपत्र जारी गर्न लागेको छ । आन्तरिक ऋण उठाउन सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको जनाएकाे छ ।

बैंकले जारी गर्न लागेको ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ का लागि मंगलबार फागुन २९ गते दिउँसो ३ बजे बोलकबोल गरिने जनाइएकाे छ । 

साे ऋणपत्र फागुन ३० गते निष्कासन गरिने भएकाे छ । राष्ट्र बैंकले ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र साे काे ब्याजमा कर जनाएको छ ।

ऋणपत्र खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी भएर सहभागी हुन सक्ने जारी सूचनामा जनाइएकाे छ । प्रतिस्पर्धीका लागि ८५ प्रतिशत तथा अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ । 

बोलकबाेल गर्नेले कबोल गरेको ब्याजदर सानोदेखि ठूलो क्रममा सूचिबद्ध गरेर बाँडफाँड गरिने रकमसम्म कायम हुने ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने बैंकले जनाएको छ ।

यसका लागि थाेरैमा ५० हजार र बढीमा ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्ने सूचनामा जनाइएकाे छ । 

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकबोलका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धीमध्ये कुनै एकमा बोलकबाेल गर्नुपर्नेछ ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।