कास्कीको पार्चे केन्द्रविन्दु भएर गयाे ४ रेक्टरस्केलको भूकम्प

-



     सफल आवाज    
     फागुन २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ फागुन । कास्की जिल्लाको पार्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पार्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।