महिला लघुवित्तको साधारण सभा आज, छैन लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     फागुन २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ फागुन । महिला लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारण सभा आज डाकिएकाे छ ।

सभा धुलिखेलमा रहेकाे हिमालय दृश्य रिसोर्टमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा लाभांशकाे प्रस्ताव बाहेक अन्य एजेण्डाहरूमा छलफल हुनेछ । 

साधारणा सभाबाट संस्थापक सेयरधनीबाट ४ जना सञ्चालकहरूकाे चयन गरिने भएकाे छ । यस्तै अन्य उपयुक्त लागेका लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जरका लागि कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका विषयका बारेमा लफल भइ अनुमाेदन हुनेछ । 

सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकाे नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेकाे थियाे । सभामा सहभागि हुनका लागि सेयरधनीहरूले फागुन १४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।