सुनको भाउ हालसम्मकै उच्च, तोलाकाे १ लाख २६ हजार पुग्यो

-



     सफल आवाज    
     फागुन २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ फागुन । सुनचाँदीको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन । आज पनि सुनचाँदीको भाउमा बृद्धि भई अहिले सम्मकै उच्च विन्दु कायम गरेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन कारोबार अहिलेसम्मै उच्च रहेको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।