अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     फागुन २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ७२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ २६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्नकारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूची