सोमरबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     फागुन २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख २६ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।