यी दुई कम्पनीकाे लाभांश सुरक्षित् गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित



काठमाडाैं, २९ फागुन । नेशनल लघुवित्त र माउन्टेन इनर्जीकाे सेयर सुरक्षित् गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि दुबै कम्पनीले फागुन ३० गते बुधबार बुकक्लोज गर्ने जनाएका छन्।

साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरूले नेप्सेमा सेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले दुबै कम्पनीहरुको लाभांश र साधारण सभामा सहभागि हुन याेग्य मानिनेछन् ।

नेशनल लघुवित्त वित्तीय संस्था

नेशनल लघुवित्त वित्तीय संस्थाकाे दशौँ साधारण सभा चैत १६ गते डाकिएकाे छ । सभा धुलिखेल लज रिसोर्ट, धुलिखेलमा डाकिएकाे छ । सभा बिहान साढे १० बजे बाेलाइएकाे हाे ।

सभाबाट गएकाे आर्थिक वर्षको ७.५ प्रतिशत बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ । साथै ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशनकाे प्रस्ताव पनि अन्पारमाेलन हुनेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई दिइने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ ।

माउन्टेन इनर्जी नेपाल

माउन्टेन इनर्जी नेपालकाे दशौँ साधारण सभा यही चैत १३ गते बाेलाइएकाे छ । सभा काठमाडाैंकाे आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनीमा बिहान साढे १० बजे बाेलाइएकाे छ।

सभाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । यस्तै सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने तथा लेखापरीक्षककाे नियुक्ति लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।