
काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ सोमबारकै यथावत् रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख २६ हजार रुपैयाँमा नै कारोबार भएको थियो । उक्त दिन भाउ स्थिर रहेको थियो ।

तेजाबी सुनको भाउमा पनि कुनै फेरबदल भएको छैन । तेजाबी सुन आज तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




