गठबन्धनमा मिसियाे एकिकृत समाजवादी, यस्ताे छ ७ बुँदे सहमति

-



     सफल आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ फागुन । नेकपा एकिकृत समाजवादी नयाँ सत्ता गठबन्धनमा सामेल भएकाे छ । सत्ताधारि दलहरुका शिर्ष नेताहरुबिच आज ७ बुँदे सहमति भएको हो ।

मंगलबार एकीकृत समाजवादी पार्टीलाई गठबन्धनमा औपचारिक रुपमा समेटिएकाे हाे । सहमतिमा ५ दलका शिर्ष नेताहरुले सहमति गरेकाे पत्र सार्वजनिक समेत गरेका छन् ।

दलका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा सहमति गरिएकाे हाे । सहमति पत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले हस्ताक्षर गरेका छन् ।  

कांग्रेसलाई छाेडेर प्रधानमन्त्री दाहालले फागुन २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकाे साथ लिएर नयाँ गठबन्धनका लागि ८ बुँदे सहमति गरेका थिए ।