नेप्सेमा ५८.५५ अंकको बृद्धि, ४ अर्ब ५५ करोडको कारोबार

- शिवम सिमेन्ट कारोबारमा अब्बल

-



     सफल आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ फागुन । आज सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सर्वत्र हरियाली छाएको हो ।

हरियालीको बहारमा नेप्से बढेर अर्धशतक पार गरेको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल बढेको छ ।

सरकार पुर्नगठन संगसंगै नयाँ अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमैत्री कुराहरु गरिरहँदा र समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताई रहँदाको प्रभाव सेयर बजारमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५८.५५ अंकले बढेर २१०९.१२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.६० अंकले बढेर ३७५.१३ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ ८२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३७ करोड १९ लाख ३३ हजार ७८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जनउत्थान सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमाललयन ८०÷२० को सेयरमूल्य घटेको छ सो सेयरमूल्य २.५७ प्रतिशतले घटेको हो ।