सान्जेन जलविद्युतकाे एजिएम चैतकाे पहिलाे हप्ता

-



     सफल आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० फागुन । सान्जेन जलविद्युत कम्पनीकाे साधारण सभा यही चैत ५ गते डाकिएकाे छ । कम्पनीकाे साधारण सभा कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।

साधारण सभामा लाभांशकाे प्रस्ताव भने छैन । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाब लगायत अन्य एजेण्डाहरूमा छलफल गरिने भएकाे छ । 

सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक ताेक्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा १ महिलासहित २ जना सञ्चालक चयन गरिने भएकाे छ । 

कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गरेकाे थियाे । सभामा फागुन १२ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीले भाग लिन सक्नेछन् ।