अर्थबजार सुधारका लागी बन्दैछ कार्ययोजना

-



     सफल आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित



काठमाडाैं, ३० फागुन । अर्थमन्त्री बर्षमान पुनले अर्थ मन्त्रालयकाे पदभार सम्हाले लगत्तै सेयरकाे समस्याप्रति जानकार रहेकाे र यसकाे सुधारका लागि काम गर्ने बताएपछि सेयर बजार सकारात्मक बनेकाे छ ।

अर्थमन्त्री पुनले सेयर बजारका लागि तत्काल गर्नुपर्ने कार्य तथा सुधारकाे कार्ययोजना ल्याउन सराेकारवाला निकायहरूलाइ निर्देशन दिएपछि उनीहरूले ७ दिनभित्र पेश गर्ने संयुक्त कार्ययोजना बनाइरहेका छन्।

सराेकारवाला निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएससीले साे कार्ययाेजना तयार गरेर आईतबार मन्त्रालयमा बुझाउने गरी काम गरिरहेका छन् ।

यसअघि अर्थ मन्त्रालयले फागुन २७ गते तीन वटै निकायहरुलाई पत्र नै पठाएर सेयर बजारमा गर्नुपर्ने सुधारका लागि कार्ययोजना माग गरेकाे थियाे । र साे याेजना ७ दिनभित्र बुझाउन भनेकाे थियो।

सेबाेनले यसका बारेमा सरोकारवालाहरुको राय लिने र कार्ययोजना बनाइ पेश गर्ने बताएकाे छ । तीनवटै कार्यालयले सरोकारवालाहरुसंग लिखित सुझाव माग गरेका छन् । यसका लागि बिहीबारसम्म सुझाव दिन सकिनेछ ।