
काठमाडौँ, ३० फागुन। राष्ट्रियसभाका सांसदहरुले सरकारले मुलुकमा सुशासन ल्याउनेगरी प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिएका छन । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जितजङ्ग बस्नेतले सरकारले जनताको पक्षमा मुलुकमा सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ मा पर्ने पृतीबाङ खोलामा पुल निर्माणका लागि ठेक्का लागेर सम्झौता भएको चार महिना हुँदा पनि काम सम्पन्न नभइ अलपत्र छोडिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद पदमबहादुर परियारले सङ्घीय संसद भवन अपाङ्गतामैत्री हुनुपर्ने माग गरे । सांसद पूजा चौधरीले राष्ट्रिय परिचय पत्र बनाउने क्रममा महिला र पुरुषमा विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन । सांसद मनरुपा शर्माले किसानका उत्पादनको बजार व्यावस्थापन गर्नुपर्नेमा जोड दिएकी छिन ।
सांसद रुकमणि कोइरालाले महिला र बालबालिको अपहरण, अपहरणपछि बलात्कार र बलात्कारपछि हत्या गर्ने घटना बढ्दै गएको भन्दै अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिन् । सांसद विष्णुकुमारी सापकोटाले गर्मी मौसमको सुरुवातसँगै बाँके जिल्लामा फैलिएको औँलोलाई जतिसक्दो चाँडो रोकथामका लागि पहल गर्नुपर्नेमा जोड दिइन ।
सांसद विष्णुदेवी पुडासैनीले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने माग गरिन। सांसद सावित्री मल्लले संविधानमा उल्लेख महिलाका अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन । सांसद विष्णुबहादुर विश्वकर्माले पनि मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




