बैक बित्तिय संस्थाहरुले निक्षेपकाे ब्याजदर घटाए

-



     सफल आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० फागुन । हाल संचालनमा रहेका बैक बित्तिय संस्थाहरुले चैत महिनाका लागि निक्षेपकाे ब्याजदर घटाएका छन । अधिकांश बैंकहरुले बुधबार नयाँ ब्याजदर प्रकाशित गरि घटाएकाे दर सार्वजनिक गरेका हुन् ।

फागुन महिनाको तुलनामा चैत महिनामा वाणिज्य बैैंकहरुकाे व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशतले घटेको देखिएकाे छ । फागुनमा व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत थियो । चैतमा भने घटेर ७.२५ मा झरेको छ ।

वाणिज्य बैैंकहरुले जस्तै बिकास बैक र फाइनान्स कंपनीहरूले समेत ब्याजदर घटाएका छन । लगानीयाेग्य रकम बढेकाे तर लगानीका लागि बजारकाे अभाव भएपछि बाध्य भएर बैकहरूले ब्याजदर घटाउनुपरेकाे बैकरहरूकाे भनाइ छ ।