नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब २४ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित



काठमाडौं,३० फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट भएको छ ।

१३ उपसमूहहरुमध्ये ७ वटामा रातो लागेको छ । बाँकी ६ वटामा हरियो लागेको छ । बैंकिङ समूहतर्फ १.१४ अंकले घटेको छ । होटल तथा पर्यटन समूह ६१.७५ अंकले, हाईड्रोपावर समूहको २८.३१ अंकले, इन्भेष्टमेन्ट समूहको ०.०६ अंकले घटेको छ ।

यस्तै उत्पादन समूहको १०.०४ अंकले, नीर्जिवन बीमातार्फ ६१.५१ अंकले र व्यापार समूहतर्फ ३.२१ अंकले घटेको छ । हरियो लागेकाहरुमा विकास बैंकतर्फ १४.६० अंकले, फाइनान्सतर्फ ४३.९३ अंकले, जिवन बीमातर्फ १०.५८ अंकले, माइक्रोफाइनान्सतर्फ १७.५१ अंकले र म्युचुअल फण्डतर्फ ०.०७ अंक र अन्यतर्फ ८.२२ अंकले बढेको छ ।

बुधबार ३१० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ २२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।