धितोपत्र बोर्डकाे अध्यक्षका लागि १९ जनाले दिए आवेदन

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ चैत । नेपाल धितोपत्र बोर्ड सेबाेनको अध्यक्षका लागि १९ जना उम्मेदवार इच्छुक देखिएका छन् । उनीहरूले साे पदका लागि आवेदन दिएका छन् ।

अवेदन दिनेहरूमा बिमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट छन् । बोर्डका कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ लगायत रहेका छन् ।

यस्तै बोर्डका पूवकार्यकारी निर्देशक निरज गिरी छन्,  सन्तोषनारायण श्रेष्ठ, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक छन् । सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीकाे आवेदन परेकाे छ । 

अध्यक्ष नियुक्त गर्नका लागि गठन भएकाे सिफारिस समितिले १९ उम्मेदवारहरूबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्ने भएकाे छ । उनीहरूबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ति गर्ने भएकाे छ ।

बोर्ड अध्यक्षका लागि स्नातकोत्तर तहको उपाधि हासिल गरेकाे, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव चाहिने व्यवस्था ऐनले गरेकाे छ ।