लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङले डाक्याे एजिएम

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ चैत । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश लगायतकाे प्रस्ताव पारित गर्न चैतकाे २३ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीको उक्त ५७ औं साधारण सभाबाट लगानीकर्तालाई वितरण गरिने १५.७९ प्रतिशत लाभांशको प्रस्ताव अनुमाेदन गरिने भएकाे हाे ।

कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरणहरुमाथि छलफल गर्ने, लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरू छलफलपछि अनमाेदन गरिने भएकाे छ ।

कम्पनीका अनुसार सभाले रूपैयाँ ४ करोड १८ लाख ३२ हजार ६४६ बराबरको बोनस सेयर दिने भएकाे छ । साथै त्यसमा लाग्रने कर प्रयोजनका लागि ०.७९ प्रतिशतले हुने रूपैयाँ २२ लाख ३९७ नगद लाभांशसहित १५.७९ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ ।

सभाकाे प्रयोजनका लागि चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरिने भएकाे छ । कम्पनीले पाउने लाभांश र सभामा सहभागि हुनका लागि सेयरधनीहरूले चैत ८ गतेसम्म नेप्सेान सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।