उकालो लाग्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको रुपैयाँ १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५० ले बढेर तोलाको १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।