नबिलले ५ अर्बको अग्राधिकार सेयर र डिबेन्चर निष्काशन गर्ने

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ चैत । नबिल बैंकले अग्राधिकार सेयर तथा डिबेन्चर बिक्रीमा ल्याउने भएकाे छ । राष्ट्र बैंकको स्वीकृति लिएर साे सेयर तथा डिबेन्चर बिक्रीमा ल्याउने भएकाे बैंककाे आज बसेको सञ्चालक समिति बैठकले निर्णय गरेकाे हाे ।

बैठकले प्रतिकित्ता १०० काे दरमा ५ अर्ब बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको जनाइएकाे छ । बैंकका अनुसार ८ प्रतिशत लाभांशाे दर कायम गरेर अग्राधिकार सेयर बिक्री गरिनेछ ।

राष्ट्र बैंकबाट स्वीकृति पाएमा मुनाफा भएको वर्ष मात्रै लाभांश वितरण गर्ने नबिल बैंकले जनाएकाे छ । साे सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गरिने भएकाे छ।

साेहि बाेर्ड बैठकले नियमनकारी निकायहरुको स्वीकृति लिएर ८ वर्ष अवधि रहने ८ प्रतिशत ब्याजदर रहेको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ समेत निष्काशन गर्ने निर्णय गरेको बताइएकाे छ ।