कालिका लघुवित्तमा यस्ताे छ राेजगारीकाे अवसर

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ चैत । पाेखराकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा कर्मचारी माग गरेकाे छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुका लागि बिभिन्न पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरूकाे स्थायी पदपूर्ति गर्न लागेकाे हाे । संस्थाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त दिन आब्हान गरेकाे छ ।

वित्तीय संस्थाले यसपटक बरिष्ठ सहायकमा १३ जना माग गरेकाे छ । त्यसैगरी सहायकमा २३ जना र कनिष्ठ सहायकमा ५० जना माग गरेकाे काराेबार दैनिकमा प्रकाशित सूचनामा उल्लेख गरिएकाे छ ।

संस्थाकाे सूचनामा दरखास्त दिन इच्छुक ब्यक्ति १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने भनिएकाे छ । सबै पदमा महिला उमेद्वारको हकमा माथिल्लो उमेरमा पाँच वर्ष थप हुने बताइएकाे छ ।

वित्तीय संस्थाको वहालवाला कर्मचारीहरुलाई उल्लेखित उमेर हद नलाग्ने उल्लेख गरिएकाे छ । सबै पदहरुको लागि कम्प्युटर सञ्चालन सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने र सवारी चालक अनुमतिपत्र भएका उमेद्वारलाई ग्राह्यता दिईने बताइएकाे छ ।

बिस्तृतमा यहाँ हेर्नुहाेस :