नेप्सेमा २७.८४ अंकाे गिरावट, करिब ४ अर्बको कारोबार

- अप्पर तमाकोशी हाइड्रोपावर कारोबारमा अब्बल

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ चैत । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली बजारमा नकारात्मक लय देखिएको छ । सेयर बजार राताम्मै भएको छ भने लगानीकर्ताहरु पुनः पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।

अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका समस्याहरुको समाधानका लागि कटिवद्ध रहेको बताईरहेका छन् । उनले समस्याका बारेमा कार्ययोजना लिएर आउन निर्देशन दिईसकेका छन् ।

यसका लगि तीनवटै नियामक निकायहरु सुझाव संकलन र कार्ययोजनामा जुटेका छन् । संभवतः शुक्रबारसम्म नेप्से, सेबोन र सिडिएससीले कार्ययोजना पेश गर्नेछन् ।

उता बैंक वित्तीय संस्थाका पिडितहरु प्नि आन्दोलनको क्रममा रहेका र उनीहरुलाई पनि बार्तामा बोलाई सकेकोले लगानीकर्ताहरुले एउटा निकासको बाटो आउने अपेक्षा गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा झरेको छ । नेप्सेमा १.३२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.८३ अंकले घटेर ३६९.८१ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उप समूहहरु राताम्मै भएका छन् । कुल ३०३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अप्पर तमाकोशी हाइड्रोपावर लिमिटेडको सेयर खरिबिक्री भएको छ । कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.०२ प्रतिशतले घटेको छ ।