अब राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र दिइने

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ चैत । अब १६ वर्ष मुनिका बालबालिकाले राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र पाउने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र जारी गर्ने एक सूचनामार्फत जानकारी गराएकाे हाे ।

जारी सूचनामा जनाइए अनुसार १६ वर्षभन्दा कम उमेर भएकाहरूले जन्मदर्ता गराउँदा राष्ट्रिय परिचय नम्बर सहितकाे जन्मदर्ताकाे प्रमाणपत्र पाउनेछन्।

विभागले परिपत्र जारी गर्दै नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेर भएका सन्तानको जन्म दर्ताको बखत राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न र गराउन निर्देशन दिँदै विभागले साे परिपत्र जारी गरेकाे हाे ।

विभागका अनुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका छाेराछाेरीकाे जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने जनाएकाे छ ।

प्राविधिकबस् जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएमा विभागमा सम्पर्क गरेर राष्ट्रिय परिचय नम्बर पाएपछि प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न विभागले निर्देशन जारी गरेकाे छ ।