शुक्रबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ । चाँदीको भाउ बिहिबारकै कायम भएको छ ।

छापावाल सुन तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी बिहिबारकै भाउ तोलाको १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।