सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयर बाँडफाँड

-



     सफल आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित



काठमाण्डौ, २ चैत । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेकाे छ । कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१०० अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेकाे थियाे ।

सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वीकृति प्रदान गरेकाे छ ।

साथै निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नु हुने सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु C-ASBA बैंक तथा वित्तिय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा कंपनीले धन्यवाद ज्ञापन गरेकाे छ ।