
पाेखरा, २ चैत। पोखराकाे न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाईनान्स लिमिटेडले आज आफ्नो २७ औ वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैकिङ कारोबार शुरू गरि निरन्तर संचालित राष्ट्रिय स्तरको पोखरा फाईनान्स लिमिटेड नेपाल अधिराज्यभर सञ्चालित फाईनान्सहरु मध्ये पुरानो र स्थापित फाईनान्समा पर्दछ ।
२७ औ वार्षिकोत्सवको अवसरमा फाईनान्सले आज बिहान प्रधान कार्यालय न्युराेड पाेखराको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियाे । उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।
२७ औ वर्षसम्म आईपुग्दा फाईनान्सले ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको बताएकाे छ ।

वित्तीय संस्थाको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेको छ । जारी तथा चुक्ता पुँजी १ अर्व ८ करोड रहेको छ । यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन ।
संस्थाको २७ औ वर्षसम्मको निरन्तर यात्रामा सदभाव, साथ र सहयोग प्रदान गर्नुहुने सम्पुर्ण आदरणीय ग्राहक महानुभावहरु, शेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति फाईनान्सका अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरेका छन।
त्यसैगरी आगामी दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न फाईनान्स तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




