डिप्रोक्स लघुवित्तले शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ चैत । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत अर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाइ उक्त लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको बताएकाे छ ।

लघुवित्तले चैत २५ गते सौराहा, चितवनमा बाईसौँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजे देखि सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कम्पनीले जनाएको छ ।

उक्त लाभांस साधारणसभाले पारित गरेपछि वितरण गरिने लघुवित्तले जनाएको छ । चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।