लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभाबाट ४ जना संचालकहरु निर्विरोध निर्वाचित

-



     सफल आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ चैत। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलाे वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय न्यूरोड पोखरामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेकाे अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

कम्पनीको प्रथम साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल भई सर्वसम्मतिले पारित भएको थियाे ।  

सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, कम्पनी सचिव,कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीहरुको सहभागिता थियो। 

इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । सभाले कम्पनी ऐन २०६३ मा व्यवस्था भएअनुसार आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक समेत नियुक्त गरेको बताइएकाे छ ।