ग्रीन डेभलपमेन्ट बैंककाे साधारण सभा चैत २७ गते डाकियाे

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ पाेखरा । पाेखराकाे ग्रीन डेभलपमेन्ट बैंकले यही चैत २७ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट लेकसाइड पोखरामा पूर्वान्ह ११ बजे साधारण सभा बाेलाइएकाे हाे ।

बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते बाेलाएकाे हाे । सभाबाट सेयरधनीहरुलाई ३.८% बोनस तथा कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । 

यस्तै सभाबाट दुबै आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सानकाे हिसाब किताब, नगद प्रवाह लगायत वित्तीय एजेण्डाहरुमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेकाे छ । 

साे सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि सर्वसाधारण समूहबाट २ जना र संस्थापकबाट ३ जना सञ्चालकहरुको चयन समेत गर्नेछ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिनका लागि गर्नुपर्ने कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने भएकाे छ । साधारण सभा प्रयोजनार्थ चैत ९ गते बुक क्लोज गरिने जनाइएकाे छ । 

साधारण सभामा भाग दिन तथा लाभांश पाउनका लागि लगानीकर्ताहरुले चैत ८ गतेसम्म नेप्सेमा सेय।र काराेबार गरी कायम भएकाे हुनुपर्ने बताइएकाे छ ।