नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडाैं, ४ चैत। एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी प्रकियाबाट बिक्री गर्ने भएको छ । बैंकले लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  

कोषको संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न भनिएकाे छ। साे सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५३ रुपैया ताेकिएको छ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्ने बताइएकाे छ।

उक्त सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयबाट लिन सकिनेछ ।

त्यस्तै एनआईसी एसिया बैंकको विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा समेत आवेदन बुझाउन सकिने सुचनामा उल्लेख गरिएकाे छ।