नेप्सेमा १०.६२ अंकको गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७० विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५५ अंकले घटेर ३६८.२५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । यसदिन नेप्सेमा ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८४ लाख ६ हजार ७६ कित्ता सेयरहरुको कारोबार भएको छ । यसबाट ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ ३३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६८० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ ।