१८ अर्ब ३० कराेडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ चैत । राष्ट्र बैंकले नवीकरण गर्ने १८ अर्ब ३० करोड रूपैयाँकाे ट्रेजरी बिलकाे लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएकाे छ । 

बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे । उक्त ट्रेजरी बिल चैत ६ गते जारी हुने राष्ट्र बैंकले जनाएकाे छ ।  

बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । जाे २०८१ वैशाख ४ गते परिपक्व हुनेछ । अर्काे १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको रहेकाे छ । यो २०८१ असोज १ गते परिपक्व हुने भएकाे छ । यस्तै १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिने भएकाे छ । यो बिल ट्रेजरी २०८१ चैत ४ गते परिपक्व हुनेछ । 

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था रहेकाे छ । 

व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउनेछन्। यसान सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण बोलकबोलमा सहभागी हुन पाउनेछन् ।