सुनमा ५ सयले गिरावट, चाँदीकाे पनि घट्यो

-



     सफल आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जनाएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।