
काठमाडौं, ५ चैत । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा बिधार्थीहरुबीच बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक बिज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्नसक्ने वित्तीय जोखिम बहन गर्न वचत गर्नपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्ने कुरालाई जोड दिनुपर्ने बताएका थिए ।
ग्लोबल मनि वीक को पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा सम्झना माध्यमिक बिधालय व्यबस्थापन समितिका अध्यक्ष तिर्थराज न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष श्री ओमवीर गुरुङ, प्राधानाध्यपक श्री सन्तोष तिवारी लगायत शिक्षक शिक्षिका, बिधार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको बताइएकाे छ ।
साे अवसरमा संस्थाले सम्झना माध्यमिक बिधालयका बिधार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री समेत बितरण गरेको थियो ।स्टेशनरी सामाग्री वितरण कायक्रममा बोल्दै वडाअध्यक्ष ओमबीर गुरुङ तथा प्राधानाध्यापकसन्तोष तिवारीले फाइनान्सले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले गरेको यो सहयोगले बिधार्थी तथा अभिभावक लाभान्वित हुने बिश्वास ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




