मंगलबार घट्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     चैत्र ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनचाँदी दुबैको भाउमा गिरावट भई कारोबार भएको थियो ।