सर्वोत्तम सिमेन्टको पहिलाे काराेबारमै सकारात्मक सर्किट

-



     सफल आवाज    
     चैत्र ६ गते २०८० मा प्रकाशित



काठमाडाैं, ६ चैत । सर्वोत्तम सिमेन्टको सेयर काराेबार भएकाे पहिलाे दिनमै सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको एकैछिनमै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भएकाे छ । पहिलो कारोबार ५५६ रुपैयाँमा खुल्ला गरिएकाे थियो । १० प्रतिशतले मूल्य बढेकाे समयमा बिक्रेता देखिएनन् तर क्रेताहरू सक्रिय देखिए ।

कम्पनीकाे बुक विल्डिङ प्रक्रियाबाट सेयर जारी गरेकाे थियाे । नेप्सेले ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । यसदिन अधिकतम रेञ्जबाट नै सेयर कारोबार सुरु भएको छ । 

सर्वोत्तमको सिमेन्टकाे ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएकाे थियो । जसकाे ‘एसएआरबीटीएम’ संकेत काेडबाट नियमित कारोबार सुरु भएको हाे ।