नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंककको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.३० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१६ प्रतिशतले घटेर ३६८.३९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३०७ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ ८७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३६७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सेयरमूल्य घटेको छ । सो सेयर ७.०८ प्रतिशतले घटेको हो ।