अरुण भ्यालीकाे हकप्रदमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     चैत्र ७ गते २०८० मा प्रकाशित



काठमाडाैं, ७ चैत । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे हकप्रद सेयर खरिदका लागि आजसम्म आवेदन दिने समय रहेकाे छ ।

यसअघि कम्पनीले फागुन १७ गतेदेखि १ : १ रेसियाेमा प्रतिकित्ता रू १०० काे अंकित दरमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद जारी गरेकाे थियाे ।

सिडिएस एण्ड क्लियरिङ्गले साे हकप्रदमा २७ हजार ४२१ जना लगानीकर्ताले ९८ लाख ५३ हजार २९५ कित्ता माग गरेकाे जनाएकाे छ । साे माग कुल निष्काशन गरिएकाे सेयरकाे ५२.७५ प्रतिशतले बढी हो। कम्पनीले हकप्रदमा ४७.२५ प्रतिशत आवेदन पर्न बाँकी रहेकाे जनाएकाे छ।

सेयर निष्काशन प्रयोजनका लागि माघ १५ गते बुकक्लोज गरिएकाे थियो। माघ १४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका लगानीकर्ताहरू मात्रै हकप्रदमा आवेदन दिन याेग्य मानिनेछन्।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्। साथै सेबाेनबाट अनुमति लिई सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ भने हकप्रद सेयर बिक्रीपछि रू ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० पुग्नेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।