बुधबार सुनको भाउ स्थिर, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     चैत्र ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ रुपैयाँ ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख २५ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।