
काठमाडाैं, ७ चैत । सर्वोत्तम सिमेन्टकाे दोस्रो दिनकाे सेयर काराेबारमा पनि सकारात्मक सर्किट लागेकाे छ । दाेश्राे बजारमा सर्वोत्तम सिमेन्टको दोस्रो कारोबारकाे दिन बुधबार ६७२ रुपैयाँमा सेयर खरिद बिक्री भएकाे छ ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएकाेकाे थियाे । पहिलाे दिनमै सेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको थियो ।
यतिबेला सिमेन्ट कम्पनीहरूकाे सेयरमा लगानीकर्ताको आकषर्ण बढेकाे छ । दुइदिन पहिले सूचीबद्ध भएकाे सार्वोत्तमकाे सेयरमा पनि लगानीकर्ताको आकषर्ण बढेको छ।
सर्वोत्तम सिमेन्टकाे ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हाे। यसमा ६० लाख कित्ता सर्वसाधारणकाे रहेको छ । यसमा योग्य लगानीकर्ता, म्यूचुअल फण्ड र कर्मचारिहरुको सेयर लकमा छ ।
कम्पनीकाे २८ लाख कित्ता फोल्योटमा रहेकोले यसकाे सेयर काराेबारकाे बढाेत्तरी हुने अपेक्षा लगानीकर्ताहरुको रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




