नेप्सेमा ३.३४ अंककाे गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३६८.०३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९४ लाख ४५ हजार ६९७ सित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १५१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गोर्खाज फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेको छ ।