आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५८ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ३२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ७० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूची