सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख २७ हजार

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चैत । बिहिबार सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेकोको हाे ।

छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ६ सयले बढेको छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २६ सयले बढेर तोलाको १ लाख २७ हजार ८ सय रुपैयााँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाी सुनमा पनि तोलामा रुपैयाँ २६ सयले बढेर तोलाको १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।