राष्ट्रिय योजना आयोगमा ४ नयाँ सदस्य नियुक्त

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चैत। राष्ट्रिय योजना आयोगमा ४ जना नँया सदस्य नियुक्त भएका छन। आज बसेको मन्त्रिपरिषदकाे बैठकले प्रा. शिवराज अधिकारी, प्रा.संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत र डा. अरनिको पाण्डेलाई आयोगकाे सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस र जनमत पार्टीकाे सिफारिसमा योजना आयोगकाे सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा मन्त्रिपरिषदकाे बैठकले ४ जना नँया सदस्य नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ।