सिद्धार्थ क्यापिटलकाे नेपालगन्जमा वित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडाैं, ८ चैत। सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा “वित्तीय साक्षरता कार्यक्रम” गरेको छ ।

विश्व वित्तीय सप्ताह, २०२४ को अवसरमा विद्यार्थीहरुमा उचित लगानीको निर्णय लिन आवश्यक पर्ने शीपको विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएकाे छ ।

उक्त वित्तीय साक्षरता कार्यक्रममा ७० जना बिद्यार्थीको सहभागिता रहेकाे थियो । कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गरेका थिए। उनले विद्यार्थीहरुलाई शेयर बजारका आधारभुत कुराको जानकारी गराई लगानीको महत्वबारे प्रकाश पारेका थिए।