मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड लगानी गर्दै केन्द्रीय बैंक

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले १ अर्ब ९१ करोड १० लाख मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे छ । केन्द्रीय बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनकाे लागि मुद्दति निक्षेपमा साे रकम लगानी गर्न लागेको हो । 

बैंकले आफ्ना विभिन्न कोषहरुमा रहेकाे रकम बिभिन्र बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपका लागि लगानी गर्न लागेकोले मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिहिबार चैत ८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम र साे रकमका लागि प्रस्तावित ब्याजदर खुलाएर आवेदन दिनुपर्नेछ । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ लगानी गर्दैछ । ‘ख’ वर्गका विकास बैंकमा २८ करोड ६६ लाख रुपैयाँ तथा ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने बताएकाे छ ।

राष्ट्र बैंकले जनाए अनुसार आवेदकले संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ । यस्तै कर्जा निक्षेप रेसियाे तोकेको सीमाभित्र हुनुपर्ने राष्ट्र बैंकले जनाएकाे।